My article on Nepal's performance on famous Europe tour and T20I against Netherlands before world twenty twenty qualifier in Ireland


नेपालको युरोप यात्रा


पन्ध्र दिनको प्रभावशालि धर्मशालाको प्रशिक्षण, -२ दिनपछिको वेलायत भ्रमण र लगत्तैको नेदरल्याण्ड बिरुदको शृङखला। यो नेपाली क्रिकेटको निकै दुर्लव व्यस्त समय हो। यसै हतारका बिच नेदरल्याण्ड पुगेको नेपाली टिमले दुई ‌ओटा अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ र दुवै खेल गुमाएको छ। हो निकै थकानमा रहेको नेपाली टिमबाट यस शृङखलामा कुनै ठुलो प्रदर्शनको अपेक्षा राख्नु त उचित नहोला तर विश्वकप खेल्ने अपेक्षासहित युरोपमा रहको टिममा सुरुका दुई खेलबाटै केहि समस्याहरु देखिएका छन्।

पहिलो खेलमा जितको लक्ष्य लिँदै मैदान छिरेको नेपालले टस जितेपछि घरेलु टोलि नेदरल्याण्डलाई ब्याटिङका लागि आमन्त्रण गर्यो। बलरहरुको मध्यम प्रदर्शन पछि घरेलु टोलिले १३५ रनको मध्यम लक्ष्य पाएको नेपालले जवाफमा ११६ रन मात्र बनाउन सक्यो र सो खेल १८ रनले गुमायो जसरि एसियन गेम र ईमर्जिङ नेसन्स कपमा अफगानिस्तान र डिभिजन २ मा केन्यासंग गुमाएको थियो। यस खेलमा नेपाल ओपनिङ देखि सबै स्थानमा असफल रह्यो, पारस र ज्ञानेन्द्रको प्रयास बाहेक। त्यस्तै दोस्रो खेलमा पनि नेपाली बलरमाथि हावि हुँदै माईबर्ग बिनाको नेदरल्याण्डले १७१ रनको सम्मानजनक स्कोर खडा गर्यो र नेपाललाई इतिहासकै सबैभन्दा ठुलो १०३ रनको हार चखायो।



नेपाल र नेदरल्याण्डको खेल सुरु हुनु अघि राष्ट्रिय गानको क्रममा खेलाडिहरु।




             यि दुई खेलमा नेपाली खेलाडिहरुको प्रदर्शन र केहि कमजोरिहरु

सुवास खकुरेल : जुनसुकै संरचनाको खेलमा पनि नेपालको विश्वसनिय ओपनरको छवि बनाएका सुवास खकुरेल विगतका केहि खेलहरुदेखि आफ्नो लयमा देखिएका छैनन्। नेदरल्याण्ड बिरुदको शृङखलामा सुरुका दुई खेलमा क्रमस २ र ६ रन बनाएका उनि नेपालको जितका लागि लामो समय क्रिजमा टिक्नु जरुरि हुन्छ।

ज्ञानेन्द्र मल्ल : यस शृङखला देखि ओपनरका रुपमा प्रस्तुत भएका नेपालका सबैभन्दा भरपर्दा ब्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन पनि मध्यम स्तरकै छ। गत दुई खेलमा क्रमस २४ र १२ रन बनाएका उनि सुरुदेखि आक्रामक त छन् तर उनले यसलाई ठुलो स्कोरमा बदल्न सक्नुपर्छ। नेपालबाट टि-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो १०० रन पुरा गर्ने खेलाडिबाट यो अपेक्षा गर्नु स्वभाविक नै हो।

बिनोद भण्डारि : आवश्यक परेको बेला ठुला सट खेल्न माहिर बिनोद भण्डारि अभ्यास खेलमा ६९(२३) रनको पारि खेलेपछि चर्चामा आए। यस प्रतियोगितामा भने उनि प्रभावहिन नै देखिएका छन्। ब्याटिङ अर्डरमा परिवर्तन पछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनि दुई खेलबाट क्रमस: ५ र २ रन गरि जम्मा ७ रन बनएका छन्। अझ उनले टि-२० अन्तर्राष्टिय करियरमा पनि ६ खेलबाट १३ रन बनाएका छन्। बिनोदको यो प्रदर्शन नेपालि टिमका लागि टाउको दुखाईको बिषय बनिरहेको छ।

पारस खड्का :नेपालि क्रिकेट र ब्याटिङका मेरुदण्ड हुन् कप्तान पारस खड्का। जहिले पनि टिमको उद्धार गरिरहने पारस यस प्रतियोगितामा पनि राम्रै खेलिरहरका छन्। यस शृङखलामा क्रमस ४५* र २ रन बनाएका उनको प्रदर्शनलाई सन्तोषजनक नै मान्नुपर्छ। साथै टि-२० संरचना अनुसार उनले पनि द्रुत गतिमा रन बटुल्न जरुरि हुन्छ। बलिङमा पनि अब्बल रहेका उनि यस प्रतियोगितामा त्यति जम्न सकिरहेका छैनन्।

राजेस पुलामि : निरन्तरको राम्रो प्रदर्शन पछि टिममा परेका राजेस पनि अन्य ब्याट्सम्यान जस्तै रन बटुल्न संघर्ष गरिरहेका छन्। श्रिलङकामा भएको हङकङ संगको टि-२० अन्तर्राष्टिय खेलमा डेब्यु गरेका उनि अझै पनि राम्रो प्रदर्शनको खोजिमै रहेका छन्। सागर पुनलाई स्थानान्तरण गर्दै टिममा आएका उनका लागि आफ्नो स्थान सुरक्षित गर्न पनि राम्रो प्रदर्शन जरुरि छ। साथै छोटो संरचनाको यो खेलमा यि युवा खेलाडिको प्रदर्शन उच्चस्तरको हुनुपर्छ।

शरद भेषवाकर : २०१३ मा भएको विश्व टि-२० छनोट चरणदेखि निकै चर्चामा आएका साथै फिनिसरको उपमा पाएका खेलाडि हुन शरद भेषवाकर। नेपालको जुनसुकै स्तरको खेलमा सधै एकनासको प्रदर्शन गरिरहने उनि अहिले केहि सेलाएका छन्। नेदरल्याण्ड विरुद्धको दुई खेलमा १० र १८ रन गरि जम्मा २८ रन बनाएपनि उनको स्ट्राइक रेट त्यति सुहाउँदो छैन। फिनिसरका रुपमा कहलिएका उनलाई आफ्नो उपमा कायमै राख्नका लागि आक्रामक हुन जरुरि छ।

प्रदिप ऐरि : केहि समय पहिले टि-२० मा निकै राम्रो प्रदर्शन गरेका उनि अघिल्लो विश्वकप छनोटदेखि उनि पुर्णत फर्म बाहिर रहेका छन्। बिग हिटरको पहिचान बनाएका उनि लामो समयदेखि क्रिजमा टिक्न सकेका छैनन्। मध्यम प्रदर्शन पछि टिममा फर्किएका उनि विश्वकप छनोटमा खेल्नका लागि बाँकि दुई खेलमा राम्रो खेल्नैपर्ने हुन्छ। दुई खेलमा क्रमश ६ र ० रन बनाएका उनि पुन: पुरानै फर्ममा फर्किएको हेर्न चाहन्छन नेपाली क्रिकेट समर्थकहरु।

सोमपाल कामि : बलिङ होस या ब्याटिङ दुवै पक्षमा अब्बल युवा खेलाडि हुन् सोमपाल कामि। ब्याटिङमा विश्व रेकर्ड नै बनाएका उनि फास्ट बलिङमा निकै अब्बल मानिन्छन्। यस शृङखलामा जम्मा दुई विकेट लिएपनि उनको प्रदर्शन तारिफयोग्य छ। नेपालि टिमको राम्रो प्रदर्शनका लागि गुल्मी एक्सप्रेस अझै गर्जनु जरुरि छ।

बसन्त रेग्मी : नेपाललाई अण्डर-१९ विश्वकपमा प्लेट च्यामपियनसिप जिताउँदा होस् अथवा डिभिजन लिग क्रिकेट जहिले पनि अब्बल ठहरिएका खेलाडि हुन् (क्राइसेस म्यान) बसन्त रेग्मी। नेपालबाट टि२० क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बसन्त यो शृङखलामा त्यति जम्न सकेका त छैनन् तर उनको त्‍यो जादुमयि बलिङ छिट्टै नै देख्न पाइनेछ।

करण के.सि. : यसै शृङखला मार्फत टि२० अन्तर्राष्ट्रिय खेलमा पर्दापण गरेका तेजगतिका बलर हुन् करण के.सि.।डिभिजन २ मा गरेको तारिफयोग्य प्रदर्शनपछि निरन्तर टिमसँगै रहेका उनि यस शृङखलामा त्यति उपयोगि हुन सकिरहेका छैनन्। दुई खेलबाट २ विकेट लिएका उनि केहि महङगा सावित भएका छन्। आसा गरौ बाँकि दुई र विश्वकप छनोट चरणका खेलमा उनको प्रदर्शन तारिफयोग्य हुनेछ।

अविनाश कर्ण : उमेर समुहको खेलदेखि नै निकै उत्कृष्ट लयमा रहेका बलर हुन् अविनाश कर्ण। उनि विश्वकप छनोटमा खेल्नका लागि अन्तिम १५ मा त छैनन् तर उनको प्रदर्शनलाई आधार मान्दै ईंगल्याण्ड तथा नेदरल्याण्डको भ्रमणमा लगिएको छ। उनि यो शृङखलामा राम्रो प्रदर्शन गरिरहेका छन् र यो प्रतियोगिता उनलाई आफ्नो क्षमता प्रमाणित गर्ने राम्रो अवसर हुनेछ।

                           अपुरो लागिरहेको नेपालि टिम

नेदरल्याण्ड विरुद्धको पहिलो दुई खेलमा समर्थकहरुले सबैभन्दा बढि मिस गरिरहेका खेलाडि हुन् शक्ति गौचन। शक्ति गौचन बलिङमा आएपछि खेलको रुप नै बदल्दिन्छन् भन्ने  विश्वास त समर्थकहरुमाझ निकै छ, त्यसैले त भनिन्छ नि शक्ति दाईले बल होईन खेल नै टर्न गराउँछन्। उनि बाहिर हुनुमा विभिन्न कारणहरु होलान् तर समर्थकहरु उनको खेल हेर्न आतुर छन्। त्यस्तै २०१३ मा भएको विश्व टि२० छनोट प्रतियोगिताका अर्का मुख्य बलर जितेन्द्र मुखिया पनि सुरुका दुई खेलहरु खेलेका छैनन्। आफ्नो योर्कर मार्फत विपक्षि खेलाडिलाई आच्छुआच्छु पार्ने जितेन्द्र मुखियाको आगमन हेर्न पनि आतुर छन् दर्शकहरु। आसा गरौँ अन्तिम दुई खेलमा उनिहरु  लगायत नयाँ अनुहार सिद्धान्त लोहनि तथा अनिल मण्डल पनि अवश्य अन्तिम ११ मा हुनेछन्।

खेलमा जित मात्र त हुँदैन नि!!!

हो कुनै पनि टिमले खेल हार्दा उसका समर्थक लगायत स्वयं खेलाडिहरु नै पिडामा हुन्छन्। यस्तै भएको छ हामि समर्थक र राष्ट्रिय टिमका खेलाडिहरुलाई। सुरुवाति दुई खेल गुमाईसकेपछि नेपाली क्रिकेट टिम माथि बाँकि रहेका दुई खेल जित्दै शृङखला बराबरि गर्ने दवाब रहनेछ। केहि खेल गुमाउँदैमा राष्ट्रिय टिमका खेलाडिहरुलाई तथानाम गालि गर्ने, यो गर्नुपर्छ उ गर्नुपर्छ भन्नुमा कुनै तुक छैन। किनकि यो टिम हामिसंग भएको सबैभन्दा राम्रो टिम हो। फेरि प्रत्येक खेलाडिहरु निरन्तर एउटै लयमा रहन्छन् भन्ने पनि त छैन। उनिहरु आफै पनि त टिममा टिकिराख्न रामो प्रदर्शनको जरुरि रहन्छ। छातिमा राष्ट्रिय झण्डा लगाई काँधमा राष्ट्रको अभिभारा बोकेका यि राष्ट्रका सपुतहरु देशको लागि निरन्तर लडिरहनेछन् निरन्तर डटिरहनेछन् र राष्ट्रको यो पिडामा मलम लगाउनेछन्।


                        हटि होईन डटि लड्ने नेपालीको बानि हुन्छ।।।
                                  जय नेपाली क्रिकेट

Comments