नेपाली फुटबल र यसको भविष्य
भारतविरुद्द्धको खेललाई
लिएर अहिले नेपाली फुटबल निकै तातेको छ। यसो हुनु पनि स्वभाविक नै हो, किनकि नेपालले विश्वकप
छनोट चरणको खेल खेल्दै छ। भारतमा गएर खेलेको पहिलो लेग २-0 ले गुमाएपछि त्यो नतिजालाई
उल्टानुपर्ने दबाब नेपाली राष्ट्रिय टिममा रहेको छ।
एउटा फुटबल प्रशसकको
तर्फबाट भन्ने हो भने, अहिलेको नेपाली फुटबलको स्तर सन्तोषजनक पनि छैन। कुनै पनि
क्लवमा आवद्ध भएका खेलाडीहरुले वर्षैभरी अभ्यास गर्ने वातावरण नहुँदा नेपाली
फुटबलको स्तर दिनानुँदिन खस्कदै गइरहेको छ। नेपाली फुटवलको स्तर पनि अहिलेको विश्व
फुटबलमा प्रतिस्पर्धा गर्न लायक छैन। खेलमैदान पनि अन्तराष्ट्रिय फुटबल खेलहरु
आयोजना गर्न लायक नहुनु अत्यन्त दुखद् कुरा हो। यि सबै समस्यालाई हेर्ने हो भने
नेपाली फुटबललाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउन तत्काल नै पहल
थाल्नुपर्ने हुन्छ।
तत्काल नै नेपाली फुटबल
टिमलाई सुधार गर्ने हो भने अनुभवि खेलाडिका साथसाथै युवा खेलाडिलाई राष्ट्रिय
टिममा समावेस गर्नु जरुरि छ। जुमनु राई , सन्तोष साहुखल, राजु तामाङ, सागर थापा जस्ता अनुभवि खेलाडिहरु सँगै युवा
खेलाडिलाई टिममा समावेस गर्ने हो भने युवा खेलाडिको आत्मविश्वास बढ्नुका साथै
भेट्रान खेलाडिहरुको विश्राम पश्चात् उनिहरुले अवश्य पनि राम्रो प्रदर्शन गर्न
सक्छन्। यसका अलावा युवा खेलाडिहरुलाई बेन्च मा मात्र राख्दै जाने हो भने त्यो
टिमले एक्कासि कुनै पनि हालतमा राम्रो नतिजा दिन सक्दैन। हो विमल, अन्जन जस्ता खेलाडिहरुले
बिस्तारै राष्ट्रिय टिममा स्थान बनाउँदै छन् तर हेमन्त, आकाश, अनन्त, विशाल जस्ता खेलाडिहरुलाई
पनि टिममा समावेश गर्नै पर्छ अथवा यि भविष्यका कर्णधारहरुलाई आफ्नो क्षमता देखाउने
ठाउँ दिइनुपर्छ।
फुटबललाई माथिल्लो स्तरमा पुर्याउन
सबैभन्दा ठुलो हात त सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) कै हुन्छ। यसको विकासका लागि एन्फाले फुटबलका
घरेलु संरचनालाई अझ व्यवस्थित गर्दै फुटबल क्लवलाई आर्थिक रुपमा सहयोग गर्नै पर्ने
हुन्छ, नत्र समर्थकहरुबाट १५०० रुपैँया लिएको के अर्थ ??? राष्ट्रिय लिग हुने खेलमैदानको स्थिति किन
सुधार्न सक्दैन एन्फा ??? सरकार र एन्फाको जिम्मेवारि त आफ्नो ठाँउमा छ नै तर के
फुटबल क्लवहरु जिम्मेवार छैनन् त फुटबलको यो स्थिति हुनुमा ???? अवश्य पनि छ। ठुला भनिएका
मनाङ , थ्रिस्टार जस्ता क्लवले फुटबलमा लगानि बढाउनुपर्ने हुन्छ साथै युवा
खेलाडिहरुको लागि एकेडेमि व्यवस्था गर्नु पर्छ। सबैभन्दा मुख्य कुरा त क्लवमा
आवद्ध गरिएका खेलाडिलाई वर्षैभरि आफ्नो निगरानिमा राखेर अभ्यास गराउनु पर्छ र
आफ्नै खेलमैदानको व्यवस्था गर्नुपर्छ। यसो गर्न सकेमा खेलाडिहरुको क्षमता अवश्य पनि
बढ्दै जान्छ।
त्यस्तैगरि राष्ट्रिय
खेलाडिहरुलाई वाह्य लिग (विशेषगरि युरोपियन ) मा खेल्न अथवा ट्रेनिङ गर्न मात्र पठाईयो भने
राष्ट्रलाई निकै फाईदा पुग्न जान्छ। यस विषयमा सरकार र एन्फाले लगत्तै काम गर्न थाल्नु पर्छ। नेपालि फुटबल
बजारमा विदेशि खेलाडि भित्राउनाले हाम्रो फुटबल अझ प्रतिस्पर्धात्मक हुँदै गएको छ।
त्यसैले अझ उत्कृष्ट तथा योग्य खेलाडिहरुलाई भित्राउदै जानुपर्छ।
यसो गर्न सकियो भने पक्कै
पनि खेल हेर्दा हार्छ कि भन्नुको साटो जित्छ है भन्ने वातावरण बन्दछ।
अन्त्यमा भोलि नेपाली टिमले
भारतविरुद्द्ध राम्रो नतिजा निकालि अर्को चरणमा छनोट होस् भनि शुभकामना व्यक्त
गर्दछु।
जय नेपाल जय फुटबल
Comments
Post a Comment